२६ चैत्र २०८१, बुधबार

चैती छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

प्रकाशित मिति :  3 April, 2025 3:28 pm


काठमाडाैँ । मधेस प्रदेशका विभिन्न जिल्लामा आज चैती छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिँदैछ । चार दिनसम्म चल्ने व्रत भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन गरिनेछ ।

वीरगञ्जको घडिअर्वा पोखरी, रानीघाट, नगवा, मुर्ली, छपकैया लगायतका पोखरी र नदीहरू विशेष रूपमा सजाइएका छन् । जहाँ व्रतालुहरू आस्था र श्रद्धाका साथ सूर्यदेवको पूजा गर्न भेला हुनेछन् ।

मधेस प्रदेशमा विशेष महत्व बोकेको छठ पर्व वर्षमा दुई पटक–कार्तिकमा (शारदीय छठ) र चैत्रमा (वासन्तिक छठ) मनाइन्छ ।



प्रतिक्रिया दिनुहोस !