त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित
प्रकाशित मिति : 3 April, 2025 4:16 pm

काठमाडौँ । त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा नेपाल विद्यार्थी संघका गोविन्द कोइराला निर्वाचित भएका छन्। गत मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार कोइरालाले एक हजार २१५ मत ल्याएर विजयी भएका हुन् ।
निर्वाचनमा दुई हजार ६७१ विद्यार्थी मतदाताले मतदान गरेका थिए जसमा कोइरालाका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ मत प्राप्त गरे भने अनेरास्ववियुका स्ववियु अध्यक्ष उम्मेदवार प्रमित विष्टले ४३१ मत पाएका थिए ।
त्यस्तै सचिवमा आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम निर्वाचित भएका छन्।