५ आश्विन २०८१, शनिबार

शिक्षाको बजेटले निराश बनायो : गगन थापा

प्रकाशित मिति :  7 June, 2020 12:51 pm


काठमाडौं, २५ जेठ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले शिक्षाका कार्यक्रमले आफूलाई निराश बनाएको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेटमा समेटेका कार्यक्रमबारे प्रश्न उठाउँदै आफू निराश भएको उल्लेख गरे ।

सांसद थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममाथि प्रश्न गरेका छन् । उनले भने ‘शिक्षामन्त्रीलाई सोध्न मन लागेको छ, राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ? राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर हिजो राजाले बक्सिस मारेकोजस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा मनलाग्दै गर्दा पैसा दिन पाउने कार्यक्रम संघीयता, संविधान र व्यवस्थाविरोधी छ।’

यस्तो कार्यक्रमलाई छ अरब बजेट दिएकोमा पनि आपत्ति जनाए । उनले भने,‘गत वर्ष पाँच अरब बजेट भएको यस्तो कार्यक्रमलाई अहिले छ अरब बजेट ?’

शिक्षा मन्त्रीले यस्ता कार्यक्रम बनाउँदा तलब नपाएका सहजकर्ता, शिक्षक र आशिंक प्राध्यापकको याद गर्नुपर्न सांसद थापाले सुझाव दिए ।
सांसद थापाले एक जना शिक्षक राख्न नसकेको शिक्षक स्वयम सेवक कार्यक्रमलाई १ अर्ब ५० करोडबाट बढाएर दुई अरब २३ करोड बजेट दिइएको उल्लेख गरे।

शिक्षा मन्त्रालयले बजेटले नचिन्ने कार्यक्रमलाई किन निरन्तरता दिएको भन्दै दाताको पैसा धेरै दिन नचल्ने टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस !