२७ चैत्र २०८१, बिहिबार

प्रहरी संगठनहरुलाई साधन स्राेत सम्पन्न बनाऔंः सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

प्रकाशित मिति :  4 April, 2025 5:03 pm


काठमाडाैँ ।सस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले प्रहरी संगठनहरूलाई साधन स्राेत सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनहरु साधन श्रोत सम्पन्न हुन नसकेको बताएका हुन् । उनले गृह मन्त्रालयलाई धेरै वर्ष पहिलादेखि प्रहरीलाई साधन स्राेत उपलब्ध गराउन नामहरुको सूचि दिएपनि पूरा हुन नसकेको दाबी गरे ।

उनले सुरक्षा राष्ट्रको प्राथमिकतामा पर्नुपर्ने उल्लेख गरे । उनले प्रविधि र साधन श्रोत सम्पन्न गर्नका लागि सरकारले बजेट निर्माणको काम भइरहेकाले सबैकुरा समेट्न जरुरी रहेको बताए । प्रहरीलाई साधन स्राेत सम्पन्न बनाउन सरकारलाई निर्देशन दिन समिति समक्ष आग्रह गरे ।

“गृह मन्त्रालयले प्रहरीलाई सामानहरू वर्षौं वर्ष भइसक्यो दिनुपर्छ भनेको । भएको छैन । सुरक्षा राष्ट्रको प्रायोरिटीमा पर्नुपर्छ । त्यो पर्नको लागि अहिले मैले अनुरोध गरेको किन हो भने अहिले बजेटको समय आएको छ । व्यक्तिगत इन्टेन्सनले कुनै पनि कमी, कमजोरी भएको छैन । टेक्नोलोजीकल कारणले, साधन स्राेतकाे कारणले धेरै कुरा भने जस्तो गर्न सकेको छैन,” उनले भने । महानिरीक्षक अर्यालले तीनकुने घटनामा बल प्रयोग आवश्यकता र समानुपातिकमा आधारित रहेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !