२७ चैत्र २०८१, बिहिबार

जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयत्न सफल हुन दिन्नौंः गृहमन्त्री लेखक

प्रकाशित मिति :  4 April, 2025 5:14 pm


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयास सफल हुन नदिने बताएका छन् ।शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री लेखकले यस्तो बताएका हुन् ।

राजतन्त्रको पालमा कहिलेपनि नेपाली जनतामा सार्वभौम सत्तालाई निहित नगरिएको कारण गणतन्त्र स्थापना भएको उल्लेख गर्दै व्यवस्था उल्टयाउनेबारे नसोच्न उनको चेतावनी छ ।

उनले जनतामा आक्रोश र असन्तुष्टि रहेपनि सरकार राम्रो काम गर्ने प्रयत्न गरिरहेको बताए । उनले सरकारले चाहेजति राम्रो काम गर्न नसकेको स्वीकार समेत गरे ।

उनले घरमा फोहोर भयो र मुसा पस्यो भने घर सफा गरेर मुसा भगाउने हो कि घरमा आगो लगाउने हो ? भन्दै प्रश्न समेत गरे । उनले वर्तमान व्यवस्थालाई सुदृढ गर्नुको अरु कुनै विकल्प नरहेको स्पष्ट पारे । संघीय लोकतान्त्रि गणतन्त्रात्मक व्यवस्थाका कमजोरीहरुलाई यही व्यवस्थाको माध्यमबाट ठिक गर्दै लैजानुपर्ने उनको भनाइ छ । 



प्रतिक्रिया दिनुहोस !