जाजरकोट केन्द्रविन्दु भएर लगातार दुई पटक भूकम्प, दाङसहित पश्चिम नेपालमा धक्का
प्रकाशित मिति : 4 April, 2025 8:52 pm

दाङ । जाजरकोट केन्द्रविन्दु भएर लगातार दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार केहीबेर अघि ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु जाजरकोटको पैंक आसपास रहेको बताइएको छ । दाङसहित पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पका कारण जाजरकोट, डोल्पालगायतका क्षेत्रमा धक्का महसुस गरिएको छ। हालसम्म क्षतिको विस्तृत विवरण प्राप्त नभए पनि स्थानीय प्रशासनले निगरानी बढाएको छ। भूकम्पको थप असरको जानकारी आउन बाँकी छ।