२९ चैत्र २०८१, शनिबार

रोल्पा नगरपालिकाको १६ औं नगरसभा सम्पन्न : संशोधित बजेट प्रस्तुत

प्रकाशित मिति :  6 April, 2025 8:37 pm


रोल्पा । रोल्पा नगरपालिकाको १६ औं नगरसभा तथा अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको आफ्नै भवनमा आयोजित सभामा आर्थिक वर्ष २०८१/०८२ को संशोधित बजेट प्रस्तुत गरिएको छ ।

नगर प्रमुख सुरेन्द्र थापा घर्तीले सभामा बजेट पेश गर्दै साविकको विनियोजित रकममा हेरफेर भएको जानकारी दिए । संशोधित बजेटअनुसार चालु खर्चतर्फ ५८ करोड ५० लाख ३५ हजार ७ सय ६ रुपैयाँ र पुँजीगत खर्चतर्फ २२ करोड ८६ लाख ६५ हजार १ सय ९८ रुपैयाँ ६० पैसा विनियोजन गरिएको छ ।

यससँगै कुल बजेट ८१ करोड ३७ लाख ९ सय ४ रुपैयाँ ६० पैँसा कायम भएको छ। यस्तै, उपप्रमुख गीता आचार्यले २०८१ चैत्र २३ गतेसम्मको खर्च अनुमोदनका लागि प्रस्ताव पेश गरेकी हुन् ।

प्रस्तुत विवरणअनुसार कुल बजेट ८१ करोड ३७ लाख ९ सय ४ रुपैयाँ ६० पैसामध्ये हालसम्म ४४ करोड २५ लाख १३ हजार ५ सय ३६ रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ५४.३८ प्रतिशत हो ।

यसमा चालु खर्च ३६ करोड ७४ लाख ३४ हजार ५ सय ५५ रुपैयाँ (६२.८१ प्रतिशत) र पुँजीगत खर्च ७ करोड ५० लाख ७८ हजार ९ सय ८१ रुपैयाँ (३२.८३ प्रतिशत) रहेको छ ।

नगरसभाको सञ्चालन सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत अशोक काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरूको सहभागिता रहेको थियो । सभाले नगरको विकास र प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।



प्रतिक्रिया दिनुहोस !