४ आश्विन २०८१, शुक्रबार

रोल्पा पुगेर हलो जोत्दै पूर्वसभामुख महरा

प्रकाशित मिति :  7 June, 2020 6:43 pm


रोल्पा, २५ जेठ । 

पूर्वसभामुख कृष्णबहादुर महरा गृह जिल्ला रोल्पा पुगेका छन् । आफ्नो निर्वाचन क्षेत्र दाङ पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेपछि महरा  गृह जिल्लारोल्पा पुगेका हुन् ।

रोल्पा पुगेर आन्तरिक भेटघाटमा छन् भने आफ्नो पुर्खेउली घर बसेर बारीमा हलो कोदालो गरेर समय विताईरहेका छन् । ‘राजनीति गरेदेखि सधै बाहिरको बाहिरै रहनुपर्यो, आफ्नो बारी जोत्ने मौका नै मिलेको थिएन,’ उनले भनेका छन्, ‘अहिले खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्खेउली घर आएका छौं ।’

‘हामी जनताबाट चुनिएर गएका व्यक्तिहरु जनताभन्दा पटक्कै फरक होइनौं, जनताको जिवनशैली र हाम्रो जिवनशैलीमा फरक आउनुहुन्न भन्ने मेरो मान्यता हो,’ महराले भने, ‘जिम्मेवारी अनुसार जुनसुकै काम पनि गर्न सक्नुपर्छ, आवश्यक पर्दा नेताको भूमिकामा रहने फरक कुरा हो, तर हामी र जनताबीच फरक हुनुहुँदैन ।’

कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भइरहेको उल्लेख गर्दै महराले नेपालले कृषि उत्पादनलाई बढाउनुपर्नेमा जोड दिएको चेतना अनलाईनमा समाचार छ । । ‘हामी कृषिमा आत्मनिर्भर हुनैपर्छ, नेपाललाई परनिर्भरमुखी अर्थतन्त्रबाट आत्मनिर्भर बनाउने प्रमुख आधार भनेकै कृषि उत्पादन हो ।’

आफूमाथी नैतिकताको विषयमा प्रश्न उठेपछि उनले सभामुख पदबाट राजिनामा दिएका थिए । तर, काठमाण्डौं जिल्ला अदालतले महरामाथी लगाइएका सबै आरोपहरु पूर्णरुपमा गलत भएको भन्दै निर्दोष ठहर गर्दै सफाई दिइसकेको छ ।

भिडियाे https://bit.ly/3dEHQP6



प्रतिक्रिया दिनुहोस !