१६ बैशाख २०८२, मंगलबार

तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरियोः अध्यक्ष थापा

प्रकाशित मिति :  9 April, 2025 2:31 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले सरकारले तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लाञ्छाना लगाउने कार्य गरेको भन्दै स्वीकार्य नहुने बताएका छन् ।

बुधवार संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा आयोजना गरेको प्रतिवद्धता सभालाई सम्बोधन गर्दै थापाले सरकार र गणतन्त्रवादी दलहरू राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मान्यतालाई बदनाम गर्ने प्रयास गरेको बताएका हुन् ।

लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरेर चार पुस्तालाई पुग्नेगरी कमाएको सम्पत्ति र भ्रष्टाचारबाट गरेको आम्दानीलाई लुकाउनको निमित्त गणतन्त्रवादी दलहरू लागि परेको समेत उनको आरोप छ ।

राजतन्त्र पक्षधरहरूले यो समयमा सचेत भएर अगाडि बढ्न नसके आफूहरूको विचार सधैंका लागि समाप्त हुने भन्दै आफूहरुको आन्दोलनका कार्यक्रममा सहभागि हुन उनको अपिल समेत छ ।  तीनकुने घटनाबाट पाठ सिकेर अघि बढ्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !