६ बैशाख २०८२, शनिबार

संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छः शेखर कोईराला

प्रकाशित मिति :  12 April, 2025 4:26 pm


काठमाडाैँ ।नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा अहिले धेरै कुराहरु रहेको भएपनि सरकारले विशेष ध्यान दिएर अघि बढ्नुपर्ने सुझाव दिएका हुन् ।

उनले अहिले काँग्रेस र एमाले सम्मिलित सरकार रहेकाले सरकारका काम कारबाहीमा काँग्रेसले खबरदारी गर्नुपर्ने बताएका हुन् । एमाले नेपाली काँग्रेसका लागि भविष्यको पनि प्रतिष्पर्धी भएकाले सोचेर अघि बढ्न जरुरी रहेको बताए । संविधान पुनरावलोकन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसके जनता अझै आक्रोशित हुने बताए । दण्डहिनता दिनप्रतिदिन बढिरहेको बताए ।

सांसद कोईरालाले अमेरिकाको ट्यारिफ नीति तेस्रो विश्वयुद्ध भन्दा पनि ठूलो हुने खतरा रहेको जिकिर गरे । सुलभ स्वास्थ्य कसरी दिने भन्नेबारेमा नेपालीले सोच्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !