१७ बैशाख २०८२, बुधबार

जीवन भोगाइ र अनुभवको लिखित सङ्गालो नै पुस्तक होः पूर्वप्रधानन्यायाधीश कार्की

प्रकाशित मिति :  12 April, 2025 5:08 pm


काठमाडाैँ । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले मान्छेले आफ्नो जीवनमा देखे, भोगेका विविध आयामहरुलाई भाषा र शिलशिला मिलाएर लेख्नु नै साहित्य भएको बताएकी छन् ।

शनिवार काठमाडौंमा आयोजित साहित्यकार गोपाल पाण्डेको पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले पुस्तक लेख्दा भाषागत रुपमा पठनीय हुनुपर्ने बताइन् ।

उनले आमनेपालीको जीवनयापनका क्रममा भोगेका अनुभवको संगालोमा साहित्यक पुस्तकहरू लेख्न सकिने बताइन् । उनले पाण्डे परिवार साहित्य लेखनमा मात्रै नभइ देशलाई माथि उकास्ने खान्दानी परिवारको रुपमा चिनिएको बताइन् । उनले गाउँ सेवा नै देशको सेवा भनेर पुस्तकमार्फत लेखक पाण्डेले प्रश्तुत गर्नुभएको बताइन् ।

पूर्वप्रधानन्यायाधीश कार्कीले अन्तरआत्मामा छुने भावनात्मक विचारले भरिपूर्ण पाण्डेको लेखन प्रशंसनीय भएको बताइन् ।



प्रतिक्रिया दिनुहोस !