५ बैशाख २०८२, शुक्रबार

शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध छ–मन्त्री तिमिल्सिना

प्रकाशित मिति :  12 April, 2025 7:31 pm



दाङ । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेशको आयोजनामा भएको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले शैक्षिक सुधारका लागि लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

शैक्षिक प्रणालीमा ल्याउनुपर्ने सुधारका लागि छलफल गर्न प्रदेश सरकार तयार रहेको बताए । प्रदेश सरकार आगामी आर्थिक वर्षको योजना र बजेट निर्माणको पूर्वसन्ध्यामा रहेको छ । यतिबेला शैक्षिक सुधार र योजनाका विषयमा घनिभूत छलफल आवश्यक रहेको उनको भनाइ छ ।

शिक्षक आन्दोलनको प्रसङ्गमा बोल्दै मन्त्री तिमिल्सिनाले शिक्षकका मागप्रति सकारात्मक भएको तर आन्दोलनबाटै सबै समाधान नहुने बताए । सकारात्मक माग रचनात्मक शैलीबाट प्राप्त गर्ने परिपाटी बसाल्ने मानसिकताको विकास गर्नुपर्नेमा जोड दिए ।

दाङको लमहीमा प्याब्सन) लुम्बिनी प्रदेशको आयोजनामा शिक्षा समृद्धिका आधार संस्थागत विद्यालय हाम्रो सरोकार विषयक शैक्षिक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षाका क्षेत्रमा देखिएका समसामयिक समस्याका विषयमा छलफल गरिएको थियो ।

लुम्बिनी प्रदेश शैक्षिक हवका रूपमा रहेको बताउँदै शैक्षिक नीति, प्रणालीलाई अझ सुदृढ बनाउन प्रदेश सरकारले रणनीति बनाउनुपर्नेमा अध्यक्ष पाण्डेले जोड दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !