आज कति छ सुनचाँदीको मूल्य ?
प्रकाशित मिति : 13 April, 2025 11:24 am

काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ८५ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला प्रतितोला ५५ रुपैयाँले बढेर एक हजार ९६० रुपैयाँ कायम भएको छ ।