८ बैशाख २०८२, सोमबार

गायक छविराजको ‘कि सिधै नो भन्देउ’ गीतले डिजीटल प्लेटफर्ममा चर्चा कमाउँदै (भिडियोसहित)

प्रकाशित मिति :  14 April, 2025 1:45 pm


काठमाडौँ । गायक छविराज सुनको ‘कि सिधै नो भन्देउ’ को बोलको गीत संगीत बजारमा सार्वजनिक भएको छ ।

गत शुक्रबार सार्वजनिक भएको उक्त गीत युट्युव, टिकटक लगायतका डिजीटल प्लेटफर्ममा माहोल बनाइरहेको छ ।

चर्चित गायिका शान्तिश्री परियार र गायक छविराजले आवाज भरेको उक्त सर्जक नेत्र अर्यालले शब्द सृजना गरेका हुन् ।

यसमा संगीत भने नन्दु परियारको छ भने एचबिएन किस्मतको संगीत संयोजनमा रहेको विनोद भन्डारीद्वारा निर्देशिक भिडियोको उक्त गीतको भिडियोमा भने चर्चित नायक पल शाह, जुना विश्वकर्मा लगायतकालाई देख्न सकिन्छ ।

यसअघि अघि पनि गायक सुनारले ‘लामलाम पिरती’ बोलको गीत बजारमा ल्याएका थिए । जुन, अत्याधिक रुचाइएको थियो । डिजीटल प्लेटफर्महरुमा एक समय निकै राज पनि गरेको थियो । उक्त गीतमा नायक प्रकाश सपुत, दिलिप रायमाझी, करिष्मा मानान्धर, प्रिज्मा खतिवडा लगायतको मुख्य अभिनय रहेको थियो । उक्त गीतबाट गायक छविराजलाई निकै सफलतासहित लोकप्रिय बनेका छन् ।

हाल अमेरिका निवासी छाविराज आफ्नो नयाँ कोशेली पनि दर्शकले रुचाउने बताउँछन् । निकै चर्चित अनुहार पनि गीतमा जोडिएकाले हाल ‘कि सिँधै नो भन्देउ’ बोलको गीतले पनि राम्रै दर्शक पाएको देखिन्छ । यो समाचार तयार गर्दासम्म गीतले साढे २ लाख बढी पटक हेरिएको छ ।
https://youtu.be/rUX9H5CB8Bs



प्रतिक्रिया दिनुहोस !