१५ बैशाख २०८२, सोमबार

आजका लागि विदेशी मुद्राको विनिमयदर तोकियो

प्रकाशित मिति :  15 April, 2025 6:18 am


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैँसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम गरिएको छ।

युरोपेली युरोको खरिददर १५६ रुपैयाँ ४६ पैँसा र बिक्रीदर १५७ रुपैयाँ १४ पैँसा रहेको छ भने पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ २७ पैँसा र बिक्रीदर १८२ रुपैयाँ ०७ पैँसा छ ।

स्वीस फ्र्याङ्क एकको खरिददर १६७ रुपैयाँ ६९ पैँसा र बिक्रीदर १६८ रुपैयाँ ४२ पैँसा रहेको छ। अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ८७ पैँसा र बिक्रीदर ८७ रुपैयाँ २५ पैँसा तोकिएको छ।

क्यानाडियन डलर एकको खरिददर ९९ रुपैयाँ १५ पैँसा र बिक्रीदर ९९ रुपैयाँ ५८ पैँसा तथा सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ४२ पैँसा र बिक्रीदर १०४ रुपैयाँ ८८ पैँसा रहेको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६० पैँसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैँसा कायम गरिएको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७९ पैँसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैँसा निर्धारण गरिएको छ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६० पैँसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैँसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६८ पैँसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैँसा रहेको छ।

थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैँसा र बिक्रीदर चार रुपैयाँ ११ पैँसा छ भने युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४० पैँसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैँसा निर्धारण गरिएको छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ११ पैँसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैँसा, दक्षिण कोरियाली वन सयको खरिददर नौ रुपैयाँ ६७ पैँसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैँसा तोकिएको छ।

स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २२ पैँसा र बिक्रीदर १४ रुपैयाँ २८ पैँसा तथा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९५ पैँसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैँसा कायम गरिएको छ।

हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ७१ पैँसा र बिक्रीदर १७ रुपैयाँ ७९ पैँसा छ । कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ९३ पैँसा र बिक्रीदर ४४९ रुपैयाँ ८९ पैँसा रहेको छ।

बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ४३ पैँसा र बिक्रीदर ३६६ रुपैयाँ ०२ पैँसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ८२ पैँसा र बिक्रीदर ३५८ रुपैयाँ ३८ पैँसा कायम गरिएको छ।

भारतीय रुपैयाँ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैँसा तोकिएको छ। राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर आवश्यकताअनुसार जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने दरमा केही फरक हुनसक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !