जाजरकोटमा दुई दिनमा दुई भूकम्प

दाङ । जाजरकोटको पैँक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर लगातार दुई दिन दुईपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प वैशाख १ गते राति ९ बजेर ३१ मिनेटमा गएको हो । उक्त भूकम्पको परिमाण ४.१ म्याग्निच्युड मापन गरिएको छ ।
त्यसको केही घण्टापछि दोस्रो भूकम्प वैशाख २ गते बिहान ४ बजेर ५३ मिनेटमा गएको हो। दोस्रो भूकम्पको परिमाण भने ४.४ म्याग्निच्युड रहेको केन्द्रले जनाएको छ ।
दुवै भूकम्पको केन्द्रबिन्दु जाजरकोटकै पैँक क्षेत्र नै रहेको र सतहदेखि करिब १० किलोमिटर गहिराइमा कम्पनको महसुस भएको जानकारी केन्द्रले दिएको छ ।
भूकम्पको धक्का स्थानीय बासिन्दाले स्पष्ट रूपमा महसुस गरे पनि हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । प्रशासनले भूकम्पका विषयमा स्थानीय तह र सुरक्षा निकायमार्फत निगरानी राख्न निर्देशन दिएको जनाएको छ।