२० बैशाख २०८२, शनिबार

नेपालमा पूर्वराजा शाहको कुनै अस्तित्व छैन-अध्यक्ष महन्थ ठाकुर

प्रकाशित मिति :  16 April, 2025 5:14 pm


काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा कुनै अस्तित्व नभएको बताएका छन् ।

बुधबार पार्टी केन्द्रिय कार्यालय बबरमहलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “राजा देशबाट गइसकेका छन्, पूर्वराजा शाह अब राजा नै नरहेकाले उनको अस्तित्व नेपालमा छैन ।”

अध्यक्ष ठाकुरले पूर्वराजा शाहलाई संसदीय व्यवस्था स्वीकार गरेको भए पनि बदमासी गर्न खोज्ने आरोप लगाए । उनले शाहलाई ‘पूर्वराजा’ भनेर हिँड्न नदिएको र नयाँ वर्षको अवसरमा शाहद्वारा दिइएको शुभकामनाप्रति असन्तुष्टि जनाए ।

उनले फागुन ७ गतेको र नयाँ वर्षको शुभकामनामा शाहको वक्तव्य आपत्तिजनक भएको दाबी गर्दै भने, “उनी संसदीय व्यवस्था मान्छन्, तर त्यो व्यवस्था आफूलाई अधिनमा राखेर मात्रै चलाउन चाहन्छन् ।”

अध्यक्ष ठाकुरले थपे, “हामी अझै पनि संघर्षकै अवस्थामा छौँ। माईतीघर मण्डल कहिल्यै खालि हुँदैन। त्यहाँ सधैँ जुलुस र प्रदर्शन भइरहेका छन्। चैत्र १५ गतेको घटना त्यसको उदाहरण हो ।”

उनले भने, “राजावादी र अन्य पक्षको इतिहासको व्याख्या फरक छ, तर राजा त गइसकेका हुन्। उनी छँदै थिएनन्, उनका सबै कदमहरू आपत्ति जनाइएका छन् ।”

अध्यक्ष ठाकुरले आफ्नो पार्टी अझै पनि संघर्षमा रहेको र लोकतान्त्रिक प्रक्रिया र संसदीय व्यवस्थाको पक्षमा रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !