रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै
प्रकाशित मिति : 17 April, 2025 7:36 am

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ। कार्यवाहक सभापति डिपी अर्यालले पार्टी केन्द्रीय कार्यालय, घण्टीघर, बनस्थलीमा बैठक बोलाएका हुन्।
कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा अघिल्लो बैठकको निर्णयको समीक्षा, हालसम्म भएका पार्टी गतिविधिहरूको मूल्यांकन, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ तथा समसामयिक राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल हुनेछ।
यस बैठकमा महाधिवेशन कार्यविवरण, ‘जन यात्रा’ कार्यक्रम, पार्टीको ‘ब्लुप्रिन्ट कार्यदल’को प्रगति, लिडरशिप एकेडेमी, प्रशिक्षण कार्यक्रम र संगठन सबलीकरणसम्बन्धी विषयमा विशेष रिपोर्टिङ प्रस्तुत हुने झाले जानकारी दिए ।