२१ बैशाख २०८२, आइतबार

स्याङ्जाकाे चापाकोटमा ११ वर्षीया बालिकामाथि बलात्कार, आरोपी दमै पक्राउ

प्रकाशित मिति :  17 April, 2025 9:00 pm


स्याङ्जा । स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा ११ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पीडित बालिकाको परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले आरोपित अर्जुन भन्ने ख्याम कर्ण दमैलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार चापाकोट नगरपालिका–८ निवासी करिब ५४\५५ वर्षका दमैले २०७८ सालमा जन्मिएकी बालिकालाई २०८१ साल साउन १५ गते रातको समयमा जबरजस्ती करणी गरेका थिए। घटनाको उजुरीपछि प्रहरीले तत्काल दमैलाई पक्राउ गरी जबरजस्ती करणीसम्बन्धी कसूरमा मुद्धा दर्ता गरेको छ।

प्रहरीले अनुसन्धानका लागि म्याद थप माग गरेपछि स्याङ्जा जिल्ला अदालतबाट २०८१ साल चैत २८ गते ७ दिनको म्याद थप स्वीकृति पाएको जनाइएको छ। हाल दमैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !