३० बैशाख २०८२, मंगलबार

आज देशका अधिकांश भागमा मौसम सफा रहने : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति :  18 April, 2025 7:42 am


काठमाडौँ । हालको समयमा देशभर स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज अपराह्नको समयमा कोशी, मधेस, बागमती प्रदेशलगायत अन्य पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने जानकारी दिएको छ ।

महाशाखाका अनुसार, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा साथै हिमपातको सम्भावना व्यक्त गरिएको छ ।

आज राति, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भागमा आंशिक बदली हुने सम्भावना रहेको छ भने बाँकी भागमा मौसम सफा रहने छ ।

यी प्रदेशका केही भेगमा हल्कादेखि मध्यम वर्षा पनि हुनसक्ने महाशाखाले पूर्वानुमान गरेको छ । यात्रा र अन्य बाह्य क्रियाकलाप गर्नेहरूलाई मौसमको अवस्था अनुसार तयारी गर्न सल्लाह दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !