१७ बैशाख २०८२, बुधबार

कर्मचारीको ‘कुलिङ पिरियड’ राख्ने प्रस्ताव मन्त्रालयले गरेको होइनः सचिव पन्थ

प्रकाशित मिति :  18 April, 2025 4:19 pm


काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले सरकारले निजामति विधेयकमा कर्मचारीको ‘कुलिङ पिरियड’ राख्ने प्रस्ताव नगरेको बताएका छन्।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कर्मचारीको कुलिङ पिरियड राख्ने सरकारले नभई सांसदहरुले राखेको बताएका हुन् ।

उनले सरकारले प्रश्ताव समेत नगरेको कारण कुलिङ पिरियड राख्न उपयुक्त नहुने बताए। पूर्वराष्ट्रसेवकको ज्ञान, सीप र क्षमतालाई राज्यले उपयोग गर्ने संविधानमै उल्लेख गरिएको कारण संविधानसँग बाझिने गरी ऐन ल्याउन नहुनेमा उनको जोड छ ।

अवकाशप्राप्त भइसकेपछि सबै कर्मचारीहरु समान हुने भएको कारण सबैलाई समान व्यवहार गर्नुपर्ने उनको भनाइ छ । कर्मचारीतन्त्रका समस्या समाधान हुनेगरी ऐन ल्याउनुपर्ने उनको धारणा छ । 



प्रतिक्रिया दिनुहोस !