सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित
प्रकाशित मिति : 19 April, 2025 8:20 am

काठमाडौँ । सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट कमला पन्थी अध्यक्षमा निर्वाचित भएकी छिन् । नवगठित कार्यसमितिमा वसन्ती बास्तोला उपाध्यक्ष, राधा खनाल महासचिव (सर्वसम्मत), उर्वशी बस्न्यात सचिव र साजना तामाङ कोषाध्यक्ष पदमा विजयी भएकी छिन् ।
त्यसैगरी, सदस्यहरूमा कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी निर्वाचित भएकी छिन् ।
महाधिवेशनको उद्घाटन कार्यक्रम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार उद्घाटन गरेका थिए ।महाधिवेशनमार्फत् सञ्चारिका समूहले महिला सञ्चारकर्मीको हकहित, नेतृत्व विकास र सशक्तीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।