२२ बैशाख २०८२, सोमबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पहल जारी राखेका छौं-मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  20 April, 2025 9:19 am


दाङ । भैरहवा-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाइ उडानका लागि प्रदेश सरकारले निरन्तर पहल गरिरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल र हवाइ उडानका कारण प्रदेशको आर्थिक तथा पर्यटन व्यवसाय नयाँ उचाइमा पुगेको उल्लेख गर्दै नियमित हवाइ उडानका लागि सरकार निरन्तर सक्रिय रहेको उनको भनाइ छ ।

भैरहवामा लुम्बिनी खबर सञ्चारगृह प्रालिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारको ध्यानाकर्षण गराउन सफल भएको जानकारी दिए ।

"मेरो नेतृत्वमा सरकार बनेलगत्तै संघीय सरकारको ध्यानाकर्षण गराउन काठमाडौँ पुग्यौं । त्यसपछि हवाइ उडान सुरु भयो", उनले भने, "अहिले फेरि उडान प्रभावित हुने अवस्थामा पुगेको देखिएको छ । यसमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।”

निजी क्षेत्रबाट थालिएको संघर्षका कार्यक्रमप्रति पनि प्रदेश सरकारको चासो रहेको मुख्यमन्त्री आचार्यले स्पष्ट पारे । आफू पछिल्लो समय संघीय राजधानी पुगेका बेला विमानस्थल सञ्चालन र हवाइ उडान नियमित गराउने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीलगायत उच्च अधिकारीहरूसँग भेटघाट भएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !