२७ बैशाख २०८२, शनिबार

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरु पक्राउ

प्रकाशित मिति :  20 April, 2025 2:58 pm


काठमाडौं । सिंहदरबारमा सांकेतिक प्रदर्शन गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरु पक्राउ परेका छन् ।

आइतबार सिंहदरबारमा सांकेतिक प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा अध्यक्ष लिङदेनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाही रहेका छन् ।

प्रदर्शन स्थलमा जानुअघि सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा जम्मा भएका थिए । संसदीय दलको कार्यालयमा जाँदा अस्वभाविक प्रहरी परिचालन गरिएको राप्रपाको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !