५ आश्विन २०८१, शनिबार

बाँकेको खजुरामा एक युवकको तालमा डुबेर मृत्यु, सशस्त्र प्रहरीले शव निकाल्यो

प्रकाशित मिति :  8 June, 2020 9:28 pm


बाँके, २६ जेठ ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले बाँकेको जानकी गाँउपालिका वडा नम्बर—९ खजुराको नारायण तालमा आज डुबेका एक युवकको शव निकालेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले तालमा डुबेका स्थानीय १९ वर्षीय विष्णु गोडियाको शव बेलुकी बाहिर निकालेको हो ।

अपरान्ह ४ बजेतिर डुबेका गोडियाको शव बाहिर निकालिएको सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले जानकारी दिए । ३ जना साथीसँग पौडी खेल्न गएका विष्णु तालमा वेपत्ता भएका थिए । उनका साथी २ जना पौडि खेलेर बाहिर निस्किएका थिए ।

युवक डुबेको जानकारी पाएपछि बाँकेको शमशेरगञ्जमा रहको सशस्त्र प्रहरीको प्रदेश ५ स्तरीय गोताखोर टोली घटनास्थलमा पुगेको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक थापाको कमाण्डमा जवान जितबहादुर केसी, किरण भण्डारी,मोहन विष्ट र विपद् व्यवस्थापन टिमका टोपजंग कुसारीको टोलीले घटनास्थलमा पुगेर शव निकालेको हो ।



प्रतिक्रिया दिनुहोस !