दोहोरो सुविधा लिन नपाइने व्यवस्थामा अब समस्या छैनः सांसद बडू

काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कर्मचारीले दोहोरो सुविधा लिन नपाउने गरी कानूनी व्यवस्था गर्न लागिएको बताए ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा बोल्दै बडूले हालसम्म सरकारी कर्मचारी निवृत्तिभरण भइसकेपछि प्राप्त हुने पेन्सन तथा सरकारी नियुक्तिवापतको सुविधा गरी दोहोरो सुविधा लिने गरेको बताएका हुन्।
उनले कानूनमा केही पनि उल्लेख नभएका कारणले दोहोरो तथा तेहोरो सुविधा लिने गरेको उल्लेख गर्दै यस्तो सुविधा कानूनी रुपमै लिन नपाउने व्यवस्था गरिएको बताए।
उनले भने, ‘धारा ६८ को कुरो पनि हामीले छलफल गरेकै हो । छलफल गर्दा के भयो भने केही त तोकिएका छन् । यो फौजदारी अभियोगहरु । केही चाहीँ अन्य पनि भनेर फौजदारी अभियोगमा सानोतिनो समस्यालाई लिएर पनि यदि पेन्सन नपाउने गरिदियो भने यस्ले के हुनसक्छ भन्दा हामीले सोच्यौँ, पेन्सन रोक्नु कसैलाई पनि भ्रष्टाचार गरिसकेपछि पेन्सन दिनुपर्छ भन्ने कुनै आशय होइन । हामीले त्यो चाहेका पनि होइनौँ । साहेद हामी सबैले मिलेर त्यो ग¥यौँ होला भनेर व्याख्या अपव्याख्या भइरहेको थियो त्यो गलत व्याख्या भइरहेको छ ।
दोहोरो सुविधाका बारेमा अपव्याख्या गरेर प्रचारबाजी भएपनि कानूनमै लेखिएकाले अब समस्या नरहेको उनको भनाइ छ । उनले फौजदारी अभियोगमा सजाय पाएका कर्मचारीको हकमा पेन्सन सुविधाबाट वञ्चित गर्न नहुने बताए । सानोतिनो भ्रष्टाचारजन्य अभियोगमामा सजाय पाएका कर्मचारीको पेन्सन रोक्दा परिवारले पाउने सुविधाबाट वञ्चित भइ दोहोरो सजाय हुनसक्ने बढुको भनाई छ ।
सांसद बडूले नायव सुब्बाबाट स्वतः छैटौँ तहमा बढुवा हुने तथा १२ वर्ष सेवा गरिसकेपछि सातौँ तहमा बढुवा हुने व्यवस्था गरिएकाले कर्मचारीको वृत्ति विकास र बढुवामा कुनै समस्या नरहेको बताए ।