दाङकाे तुलसीपुरमा गाेली चल्याे : रेडक्रसका पूर्व अध्यक्ष आचार्यकाे मृत्यु
प्रकाशित मिति : 21 April, 2025 5:09 pm

दाङ । दाङकाे तुलसीपुरमा गाेली चलेकाे छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ माेतीपुरमा गाेली चलेकाे जनाएकाे छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले गाेली प्रहारबाट तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर निवासी ८३ वर्षिय नारायण आचार्यको मृत्यु भएको जानकारी दिए । उनका अनुसार आचार्यको घरमै गोली प्रहारबाट मृत्यु भएको हाे ।
प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । आचार्यले रेडक्रस दाङको अध्यक्ष भएर लामो समयसम्म काम गरेका थिए ।
घटनाकाे जानकारी दिउँसो २ बजे आएकाे प्रहरीले जनाएकाे छ । हतियार कोठाभित्रै रहेको प्रहरी प्रमुख जाेशीले जानकारी दिए ।