२४ बैशाख २०८२, बुधबार

घनश्यामकाे आराेप: सत्ताको लोभबाट माओवादी बाहिर आउन सकेन

प्रकाशित मिति :  22 April, 2025 3:13 pm


काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सत्ताको लोभबाट बाहिर निस्किन नसकेको बताएका छन् । 

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी अहिलेको सरकार हटाएर काँग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको बताए । उनले माओवादीले गणतन्त्र आफूले ल्याएको र यसको भोग पनि आफूले मात्रै गर्न पाउनुपर्ने तर्क गरेर हिँडिरहेको भन्दै यसबाट देश बन्न नसक्ने जिकिर गरे ।

प्रधानमन्त्रीको बिरुद्धमा अहिल देशभर नै नारा लागिरहेको भन्दै जनतामा विश्वास नरहेको बताउदै महासचिव भुसालले त्यसको जवाफमा वैशाख ११ गते जनसागर उतार्ने कुरा गर्नु दुःखद् भएको बताए । प्रदर्शनमा आउनेहरुले आइ लभ यु केपी बा नभइ क्रान्तिको हिसाव माग्नुपर्ने उनकाे भनाइ छ ।

महासचिव भुसालले देश डुबिरहे पनि दलाल पुँजीपतिहरु फाइदामा रहेको बताए । उनले नेता सफल तर देश असफल भइरहेको अवस्था रहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !