वामदेवकाे प्रस्ताव: सम्पूर्ण जमिन राष्ट्रियकरण गराैँ

काठमाडाैं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
मंगलवार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका हुन् । नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनावद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने उनले बताए। नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उनकाे भनाइ छ ।
अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभुत आवश्यकताका समस्याहरु समाधान गर्न सम्भव नरहेको गाैतमले बताए । उनले छलफलमा प्रधानमन्त्री बन्नेहरुलाई बोलाएर काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनुपर्ने तर्क गरे।
“पहिले देशको सम्पूर्ण जमिन राज्यको नाममा ल्याउनुप¥यो । त्यसपछि बसेर योजना बनाउनुप¥यो । पिउने पानीदेखि विद्यालयसम्म जतिपनि आवश्यक हुन्छ त्यो सबैका लागि योजना बनाएर लागू गर्ने स्थिति नहुँदासम्म यो हुदैन,” उनले भने, “यो छलफल नै गर्ने हो भने प्रधानमन्त्री हुनेहरुलाई ल्याएर यदी मैले गर्न सकिनँ भने कान समातेर सय पटक उठबस गर्नेछु भने वाचा गराउनुप¥यो । यदि समस्याको समाधान गर्न सकेनन् भने यीनिहरु मुलुकको प्रधानमन्त्री बन्न लायक छैनन्, समस्याको समाधान यसरि गर्ने हो यीनिहरुले गर्न सकेनन् भनेर आम जनतालाई भन्नुपर्छ । अब आधारभुत रुपमा काम गर्न नसक्दासम्म अगाडि बढ्न सकिन्न ।”