२९ बैशाख २०८२, सोमबार

पेचिलो बन्दै गभर्नर नियुक्ती: ह्वाट्सएबाट राजीनामा पठाएर सिफारिस समितिबाट बाहिरिए पूर्वगभर्नर विजयनाथ भट्टराई

प्रकाशित मिति :  22 April, 2025 5:05 pm


काठमाडौं । समिती गठन भएको एक महिना पुग्न लाग्दा समेत बैठक नबोलाएको भन्दै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती सिफारिस समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।

उनले समिति गठन भएको एक महिनासम्म पनि संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठक नबोलाएको भन्दै मंगलवार राजीनामा दिएका हुन् ।

“सिफारिस समिति गठन भएको एक महिनामा एउटा पनि बैठक नबसी सकेपछि यस्तो समिति के काम लाग्छ रु अहिलेसम्म एउटा पनि बैठक बसेन । समितिको उपादेयता माथि नै प्रश्न भयो । यस्तो समितिमा कोही बस्छ रु”, उनले टक्सारसँगको कुराकानीमा भने ।

उनले ह्वाट्सएपबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई राजीनामा बुझाएको बताए ।

गर्भनर नियुक्त गर्न सरकारले चैत ११ गते तीन सदस्यीय समिति गठन गरेको थियो । जसमा संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेल थिए भने अर्थविद् विश्व पौडेल र पूर्वगभर्नर भट्टराई सदस्य रहेका थिए ।

भट्टराईले पछिल्लो समय राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप भएको भन्दे असन्तुष्टी जनाउने गरेका थिए । गभर्नर नियुक्ति पेचिलो बन्दै गएका बेला सिफारिस समितिका सदस्य भट्टराईले राजीनामा दिएपछि गभर्नर नियुक्ती प्रक्रियामा थप अन्योलता छाएको छ।



प्रतिक्रिया दिनुहोस !