२६ बैशाख २०८२, शुक्रबार

देशभरको मौसम सफा रहने पूर्वानुमान : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति :  23 April, 2025 7:00 am


काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ । हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले अधिकांश भूभागमा मौसम खुल्नेछ भने केही स्थानमा हल्का बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । ती क्षेत्रका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा पनि एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने अनुमान गरिएको छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

आज रातिको मौसमको पूर्वानुमानअनुसार पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य ठाउँहरूमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेको छ। महाशाखाले संभावित वर्षा र हिमपातका कारण यात्रा तथा दैनिक कामकाजमा सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !