३० बैशाख २०८२, मंगलबार

देश अहिले ट्रयाकमा छ, समावशी संघीयतालाई बचाउनुपर्छः पूर्वराष्ट्रपति यादव

प्रकाशित मिति :  23 April, 2025 10:38 am


काठमाडाैँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश अहिले ट्रयाकमा रहेको बताएका छन् ।

मंगलवार जनकपुरमा आयोजित नेपालको समृद्धिमा भारतको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले २००७, २०४६, ०६२–०६३ को बलिदानलाई स्मरण गरेर लोकतान्त्रिक गणतन्त्र र समावशी संघीयतालाई बचाएर लैजानुपर्ने बताए ।

उनले गणतन्त्रका १७ वर्षमा २५ हजार २ सय २८ विद्यार्थी लोकसेवामा पास भएको र ती मानिस मधेसी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको वर्ग रहेको उल्लेख गरे । उनले सडक पिच भएको, बिजुली देशको ९५ प्रतिशत नागरिकको पहुँचमा पुगेको र सञ्चार क्षेत्र पनि अघि बढिसकेको बताए । उनले अहिलेको कमजोरी शिक्षा र स्वास्थ्यमा रहेको भन्दै सामुदायिक विद्यालय र सामुदायिक अस्पतालको स्तरोन्नति गर्न जरुरी रहेको बताए ।

पूर्वराष्ट्रपति यादवले कृषि बचाउन चुरे क्षेत्रको संरक्षण आवश्यक रहेको बताए । उनले चुरे र तराईको जंगला मास्न दिन नहुने बताए ।



प्रतिक्रिया दिनुहोस !