१ जेष्ठ २०८२, बुधबार

संघ सरकार संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुन्छः अर्थमन्त्री पौडेल

प्रकाशित मिति :  23 April, 2025 6:12 pm


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघ सरकार संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुनुपर्नेमा गम्भीर रहेको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा अर्थ समितिमा भएको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सांसदहरूले संघले संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुनुपर्छ भन्नेकुरामा जोड दिएको र त्यसमा सरकार गम्भीर रहेको बताएका हुन् ।

उनले तीन तहको सरकारको प्रवन्ध गरिएको र तीन तहको सरकारको अधिकारको सूचि र त्यसमा साझा सूचिहरू पनि निर्धारण गरिएको उल्लेख गर्दै संस्थागत गरिएको प्रवन्ध अनुशरण गर्न केही कठिन भएको बताए । उनले संविधानअनुरुप अभ्यस्त हुन केही समय लागेको भएपनि अब समय नलाग्ने बताए ।

उपप्रधानमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बनेटबाट सांसदहरूले महत्वपूर्ण सुझाव दिएको र सुझावहरूलाई समेटेर बजेट निर्माण गर्ने प्रतिवद्धता जनाए । परिस्थिति असहज भएकाले बजेट निर्माण गर्दा बजेटको साइज, विनियोजन कौशलता र कार्यान्वयनको सुनिश्चितताका साथै प्राथमिकतका निर्धारण गर्ने क्रममा छलफलको विषय बनाएर अघि बढ्ने बताए ।



प्रतिक्रिया दिनुहोस !