२६ बैशाख २०८२, शुक्रबार

२०७२ को महाभूकम्प स्मृतिमा आज देशभरि कार्यक्रम, पाटन दरबार क्षेत्रमा र्‍यालीसहितको सचेतना अभियान

प्रकाशित मिति :  25 April, 2025 10:15 am


काठमाडाैँ । काठमाडाैँ । आज २०७२ सालमा गएको महाभूकम्पको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ ।२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो ।

त्यसकै सम्झनामा आज काठमाडौँ उपत्यकासहित देशभर नै स्मरण गरिँदैछ । साथै विभिन्न सचेतनाभमुलक कार्यक्रमको आयोजना गरिएको छ ।

आज बिहान ललितपुर महानगरपालिकाको पहलमा सचेतनामुलक कार्यक्रम गरिएको छ । बिहानै पाटन दरबार स्क्वायर क्षेत्रमा र्‍यालीसहितका कार्यक्रमहरू गरिएको छ । २०७२ सालको वैशाख १२ गते नेपालमा गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो । सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए ।

उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !