भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्न प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौंमा गोरखा भूकम्पको १० औं स्मृति सभालाई सम्बोधन प्रधानमन्त्रीले २०७२ सालको भूकम्पको क्षति नेपालको आर्थिक अवस्था, बजेट र क्षमताले पुनःनिर्माण भ्याउनसक्ने अवस्था नरहेको बताए ।
प्रधानमन्त्रीले भने ‘२०७२ सालको भूकम्प जस्तो कुरा हाम्रो राष्ट्रले जतिसुकै रिजिलिएन्स भनेपनि हाम्रो राष्ट्रको आर्थिक अवस्थाले, बजेटले, हाम्रो क्षमताले पुनःनिर्माण भ्याउनसक्ने अवस्था होइन । यसो भएर हामीले पहिला त्यसबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने खालका घरहरु बनाउनुपर्ने आवश्यकता छ ।
उनले विपद्बाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने खालका घरहरु बनाउनुपर्ने आवश्यकता रहेको बताए। विपद् संरचनाको क्षति हुन पर्खिने नभइ क्षति हुनै नदिने गरी आवश्यक काम गर्नुपर्नेमा जोड दिए।
प्राकृतिक विपत्तिसम्बन्धी पूर्वतयारीमा विशेष जोड दिन आग्रह गर्दै प्रधानमन्त्रीले भने, भूकम्प गएर भत्किसकेपछि घर पुनःनिर्माण गर्ने भन्दा पहिला नै सुरक्षित भएर बस्ने बाटोमा लागियो भने मात्रै सुरक्षित नेपाल निर्माण गर्न सकिन्छ ।
जस्तोसुकै समयमा पनि सुरक्षित हुने विधि अवलम्वन गर्न जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले २०७२ को भूकम्पमा सुरक्षा, आम नागरिकहरुले गरेको सहयोग असाधारण रहेको बताए ।