२३ बैशाख २०८२, मंगलबार

लोकतन्त्रको डङ्का पिटेरमात्रै लोकतन्त्रवादी हुँदैन, व्यवहारमा देखाउनुपर्छः अध्यक्ष लिङदेन

प्रकाशित मिति :  25 April, 2025 3:36 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको पक्षमा बोल्नु लोकतन्त्रको विरोधी नभएको बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले राजसंस्था र प्रजातन्त्र एकआपसको विकल्प नभएको बताएका हुन् ।उनले विश्वमा धेरै सम्पन्न देशहरूमा राजसंस्था र प्रजातन्त्र सँगसँगै अघि बढेको बताए ।

उनले राजसंस्थाको पक्षमा बोल्दैमा प्रजातन्त्रको विरोधी भनेर गलत भाष्य निर्माण नगर्न आग्रह गरे ।उनले लोकतन्त्रको वकालत गर्दैमा कोही लोकतन्त्रवादी हुन नसक्ने जिकिर गरे ।

उनले राजसंस्थाको पक्षमा वकालत गर्ने राजनीतिक दलहरुलाई निरंकुश व्यवहार गर्ने ठूला राजनीतिक दलहरू कसरी लोकतन्त्रवादी भए भनेर प्रश्न गरे ।अध्यक्ष लिङदेनले सरकारले ल्याउने बजेट वर्तमान अवस्थाको अर्थतन्त्रलाई सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !