२९ बैशाख २०८२, सोमबार

अधिकार क्षेत्रभित्र रहेर सुरक्षा निकायलाई सबलकिरण गर्न तयार छौँः मन्त्री लामिछाने

प्रकाशित मिति :  25 April, 2025 4:19 pm


काठमाडाैँ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला एवं कानूनमन्त्री सुरजचन्द्र लामिछानेले सुरक्षा निकायलाई सबलकिरण गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् ।

शुक्रवार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा नुवाकोट जिल्लाको विदुरमा तीन जिल्ला (रसुवा,धादिङ र नुवाकोट ) को सुरक्षा समितिसँगको छलफलका क्रममा यस्तो बताएका हुन् ।

तीन जिल्लासँगको समन्वयात्मक बैठक कार्यक्रममा बोल्दै मन्त्री लामिछानेले प्रदेश सरकार आफ्नो अधिकार क्षेत्रभित्र रहेर सुरक्षा निकायलाइ सबलकिरण गर्न तयार रहेको बताए ।

आगामी आर्थिक वर्षमा प्रदेश सरकारले आवश्यक भएका विषयहरु सम्बोधन गर्दै अघि बढ्ने गरी बजेट छुट्याउने बताए। उनले कसैको प्रभाव र दबाबमा नरही जनताका आंकक्षा र असन्तुष्टिलाई कम गर्न जनसेवालाइ प्राथमिकतामा राखि कार्यसम्पादन गर्न निर्देशन दिए ।

मन्त्री लामिछानेले वागमती प्रदेश सरकारबाट विनियोजित लघु उद्यम कार्यक्रम, कैदीबन्दीको अवस्था र कारागारको भौतिक संरचनाबारे पनि जानकारी लिए । मन्त्रालयका सचिव कृष्णबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानूनमन्त्री लामिछानेसँगै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकरिहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !