१ जेष्ठ २०८२, बुधबार

राजनीतिक मसला नपाएपछि प्रचण्डले सरकार ढल्ने भ्रम फैलाएः महेश बर्तौला

प्रकाशित मिति :  25 April, 2025 5:34 pm


काठमाडाैँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकार र गठबन्धनमा कुनै समस्या नआएको स्पष्ट पारेका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले कुनै मसला नपाएपछि सरकार ढल्ने भ्रमको खेति गरिरहेको टिप्पणी गरेका हुन्।

उनले सत्तारुढ दलहरुमा भ्रम र भय सिर्जना गर्न यस्तो परिस्थितिको निर्माणमा केन्द्रित भएको उहाँको आरोप छ । उनले प्रचण्ड फण्डाबाहेक काँग्रेस र एमालेको बिचमा सत्ता सहयात्राको विषयमा कुनैपनि समस्या नभएको दोहोर्‍याए ।

उनले आफूहरू एकल बहुमतको लागि २०८४ सम्म कुर्ने र त्यतिबेलासम्म काँग्रेससँगको सहयात्रामा अगाडि बढ्ने दाबी गरे। उनले शिक्षकहरूका जायज माग पूरा गर्न सरकार लागिपरेको समेत बताए ।



प्रतिक्रिया दिनुहोस !