२ जेष्ठ २०८२, शुक्रबार

नैतिकताको राजनीति नछोड्न प्रमुख प्रतिपक्षीलाई भौतिक मन्त्रीको आग्रह

प्रकाशित मिति :  26 April, 2025 1:45 pm


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राजनीतिका नाममा नैतिकता नछोड्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गरेका छन्।

नेकपा एमालेको झापा काठमाडौ सम्पर्क मञ्चले शनिवार च्यासलमा गरेको शुभकामना आदन प्रदान तथा क्यालेण्डरल विमोचन कार्यक्रममा उनले प्रमुख प्रतिपक्षि माओवादी प्रति लक्षित गर्दै सो कुरा बताएका हुन् । एमाले पोलिटव्युरो सदस्य समेत रहेका मन्त्री दाहालले सरकारबाट केहि समय बाहिर बस्नु पर्‍यो भन्दैमा ईमान र नैतिकता नछोड्न आग्रह गरेका हुन्।

“अहिलेको प्रमुखपक्षिमा कहाँ नैतिकता छ ?” मन्त्री दाहालको प्रश्न थियो, “प्रधानमन्त्री र मन्त्रीहरूका बारेमा अनेक भ्रम फैल्याउने, सरकार अहिल्यै ढल्छ र भरे ढल्छ भनेर कुप्रचार गर्ने जस्ता काम किन गर्नु पर्‍यो ?”

गणतन्त्रले केहि दिएन, व्यस्थानै खराव भन्ने र नकारात्मकताको प्रचार गर्नेहरुले सिर्जना गर्ने भ्रम चिर्न जरुरी रहेको भन्दै पार्टी नेता समेत रहेका दाहालले मिशन ८४ भनेर कुरा मात्र गर्नु भन्दा जनताका विचमा जान कार्यकर्ताहरूलाई निर्देशन पनि दिए ।

पुर्वपश्चिम राजमार्गलाई एशियाली मापदण्डको बनाउने काम भई रहेको, हुलाकी, मदनभण्डारी र मध्यपहाडी राजमार्ग निर्माणले गति लिएको, आगामी दशैं अघिनै आधुनिक सुरुङ् मार्ग सञ्चालनको अवस्थामा पुगेको, उत्तर दक्षिण करिडोरहरूले दुर्गम क्षेत्र सम्म सडक सञ्जाल स्थापित गरेको लगायतका उदाहरण दिँदै मन्त्री दाहालले भएका उपलव्धि र गरेका काम बारे सर्वसाधारणलाई गराउन पनि उनले जोड दिए ।

मञ्चका कार्यवाहक अध्यक्ष मनोज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका अन्य नेताहरुले पनि संवोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !