२५ बैशाख २०८२, बिहिबार

हामीसँग अहिले बन्दुक छैन, बन्दुक चलाएर अघि बढ्ने परिस्थिति पनि होइनः अध्यक्ष दाहाल

प्रकाशित मिति :  26 April, 2025 2:39 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले अहिले माओवादीहरुसँग बन्दुक नभएकाले प्रचार संयन्त्रमार्फत नै बुर्जुवाहरूसँगको लडाईं लड्नुपर्ने बताएका छन् ।

आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिले आफूहरुसँग बन्दुक नरहेकाले प्रचारमार्फत नै बुर्जुवाहरुसँग लड्नुपर्ने बताएका हुन् ।

उनले अहिले बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि नभएको बताए । उनले चार संयन्त्रमार्फत नै वैदेशिक प्रतिक्रियावाद, देशभित्रका सबै यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका बिरुद्ध लड्न आवश्यक रहेको बताए ।

उनले त्यसैले नै आफ्नो पार्टीले सूचना तथा प्रचार प्रसार क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जिकिर गरे । अध्यक्ष दाहालले अहिले देशको राजनीति निकै पेचिलो परिस्थितिबाट अगाढि बढेको बताए ।



प्रतिक्रिया दिनुहोस !