प्रधानमन्त्री ओली र सभापति देउवाबीच सत्ता सहकार्य सुदृढ बनाउन छलफल
प्रकाशित मिति : 27 April, 2025 8:07 am

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको छ।
भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा छलफल भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
सत्ता समीकरणबारे विभिन्न अडकल र हल्ला चलिरहेका सन्दर्भमा नेताहरूले सरकार परिवर्तनका बारेमा फैलाइएका हल्लाहरू गलत र निराधार भएको स्पष्ट पार्नुभएको पनि उनले बताए।
उक्त अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक समेत सहभागी थिए । भेटवार्तामा वर्तमान सरकारलाई बलियो बनाउने र आगामी दिनमा सुसङ्गठित रुपमा अगाडि बढ्ने विषयमा नेताहरूबीच सकारात्मक समझदारी बनेको बताइएको छ ।