स्रोत नखुलेको ३२ लाख रुपैयाँ सहित सर्लाहीबाट एकजना पक्राउ
प्रकाशित मिति : 27 April, 2025 12:54 pm

काठमाडौं । सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख नगद सहित एकजना भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सितामढी थाना घर भएका ४० वर्षीय शम्भुकुमार शाह रहेको प्रहरीले जनाएको छ । आइतबार बिहान प्रहरी चौकी खुटौनाबाट खटिएको टोलीले उनलाई मलंगवा नगपालिका–६ बाट पक्राउ गरेको हो ।
भारतीय नम्बरको मोटरसाइकलमा शाह भारतबाट नेपाल आएका थिए । प्रहरीकाअनुसार उनको साथबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँ बरामद भएको छ ।