२६ बैशाख २०८२, शुक्रबार

मुलुकमा भ्रष्टाचार बढेकै कारण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि कालो बादल मडारियोः चित्रबहादुर केसी

प्रकाशित मिति :  27 April, 2025 1:45 pm


काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मुलुकमा भ्रष्टाचार बढेकै कारण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि कालो बादल मडारिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै उनले अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको बताएका हुन्। उनले गणतन्त्रवादी दलहरू भ्रष्टाचारमा लिप्त हुँदा प्रतिगामीहरूले गणतन्त्र, लोकतन्त्र उल्ट्याउने र राजतन्त्र भएपछि मुलुक स्वर्ग हुन्छ भन्ने झुटको खेति गरिरहेको बताए ।

उनले मुलुक र व्यवस्था जोगाउनको लागि आम नागरिक सचेत हुन आवश्यक रहेको बताए ।”अहिले देशमा भ्रष्टाचार चरमचुलीमा पुगेको छ । एउटा विमानस्थल बनाउँदा १० अर्ब लुट्ने भनेपछि त त्यो बाहिरकाले खाएको छ ? विदेशीहरुले आएर खाएको छ ? शिक्षकहरूको समस्या त्यस्तै छ । तैपनि अहिलेको स्थितिमा गणतन्त्र, लोकतन्त्र र धर्म निरपेक्षतामाथि जुन खालको कालो बादल मडारिएको छ,” उनले भने ।

उनले व्यवस्थाको रक्षा र सुदृढिकरणका लागि लोकतान्त्रिक दलहरू एकजुट हुन आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !