सरकारलाई सापकोटाकाे प्रश्न: प्रतिपक्षीको मुखमा बिर्को लाग्नेगरी काम गर्न केले रोक्यो ?

काठमाडाैँ ।नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काम गर्न कसले रोकेको छ भन्दै सरकारमाथि प्रश्न गरेका छन् ।
आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । उनले संविधान संशोधन र राष्ट्रलाई डेलिभरी दिने भन्दै मिलेका नेपाली काँग्रेस र नेकपा (एमाले)ले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए ।
उनले प्रतिपक्षीको मुखमा बिर्को लाग्ने गरी काम गर्न सरकारलाई आग्रह गरे । सरकारले शुरुदेखि नै नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङमाथि झम्टिएको बताउँदै अहिले आफ्नै पार्टीका मन्त्रीहरूलाई समेत बर्खास्त गरेको बताए ।
उनले सरकारले एकपछि अर्को मनलाग्दी गर्दै कानून मिच्नेदेखि जथाभावी गर्ने गरेको बताउँदै आफूहरूले सबै कुराको ठिक छ भन्न नसक्ने धारणा गरे । सांसद सापकोटाले सरकारले बेथिति र विकृतिको संरक्षण गर्ने र बिचौलियाहरूलाई खुशी पार्ने काम गरिरहेको आरोप लगाए ।
उनले प्रमुख प्रतिपक्षीको नाताले हामीले सरकारको गलत कदको सशक्त प्रतिवाद, खबरदारी र जनतालाई सुसुचित गर्ने जिकिर गरे ।