२९ बैशाख २०८२, सोमबार

प्रचण्डलक्षित सांसद गिरीको टिप्पणीः आफ्नो राजनीतिक रोटी सेक्नको लागि शिक्षकहरूलाई उत्तेजित पार्ने काम गरियो

प्रकाशित मिति :  27 April, 2025 1:54 pm


काठमाडाैँ । नेकपा (एमाले)का सांसद पदम गिरीले जिम्मेवार तहमा बसेकाहरुले नै शिक्षकहरूलाई गलत बाटोमा हिँड्न प्रेरित गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद गिरीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई लक्षित गर्दै आफ्नो राजनीतिक रोटी सेक्नको लागि शिक्षकहरूलाई उत्तेजित पार्ने काम गरिएको टिप्पणी गरेका हुन्।

उनले हिजो सरकारको नेतृत्वमा रहँदा शिक्षकहरूसँग सहमति गरेर कार्यान्वयन नगरी वर्तमान सरकारमाथि दोष थुपार्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गरे। उनले शिक्षाभित्रका सारा समस्याहरू वर्तमान सरकार र वर्तमान प्रधानमन्त्रीको कारण भएको हो जस्तैगरी जनतामा भ्रम पार्ने कामहरू भइरहेका भइरहेको बताए ।

शिक्षकका जायज मागहरू सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै जनतामा भ्रम पार्ने काम नगर्न समेत आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !