२७ बैशाख २०८२, शनिबार

जनमत र नागरिक उन्मुक्तिको पार्टी एकतापछिको नाम नागरिक जनमत पार्टी रहने

प्रकाशित मिति :  27 April, 2025 2:53 pm


काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँगको पार्टी एकता वैशाख १७ गते हुने बताएकी छन् ।

संसद भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुरानकानीमा अध्यक्ष श्रेष्ठले जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकता हुने बताएकी हुन् ।

उनले १५ गते केन्द्रिय कमिटीको बैठक बसेर निर्णय लिने बताइन् । उनले एकतापछिको पार्टीको नेतृत्वमा संरक्षकमा रेशम चौधरी, अध्यक्षमा डा. चन्द्रकान्त राउत र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने बताइन् ।

एकतापछिको पार्टीको नाम नागरिक जनमत पार्टी रहने बताइन् ।



प्रतिक्रिया दिनुहोस !