२५ बैशाख २०८२, बिहिबार

शिक्षकका मागहरू पूरा गर्न सरकारलाई दबाब दिन जरुरी छः अध्यक्ष नेपाल

प्रकाशित मिति :  27 April, 2025 2:55 pm


काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शिक्षकका मागहरु पूरा गर्न सरकारलाई दबाब दिन जरुरी रहेको बताएका छन् ।

आइतवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले अहिले आफूहरू प्रतिपक्षमा रहेको र शिक्षकका मागहरू पूरा गराउन कसरी आवाज उठाउन सकिन्छ भन्ने योजनाका लागि छलफल गर्ने सोच बनाइरहेको बताएका हुन् ।

उनले सरकारलाई शिक्षकका माग पूरा गर्न दबाब दिन जरुरी रहेको उल्लेख गरे । सरकारले शिक्षकका माग पूरा गर्न आवश्यक ध्यान नदिएको उनको आरोप छ । 

अध्यक्ष नेपालले शिक्षकको ठूलो आवाजलाई समेत सरकारले सकारात्मक रुपमा लिएर समाधानका लागि अग्रसरता नदेखाएको बताए ।



प्रतिक्रिया दिनुहोस !