सप्तरीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
प्रकाशित मिति : 27 April, 2025 4:39 pm

काठमाडाैँ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १० बदगमामा डल्फिन यातायातको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
गाईघाट–फत्तेपुर हुँदै काकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४२० नम्बरको बस आइतबार मध्याह्न १२ बजेतिर दुर्घटनामा परेको हो।
दुर्घटनामा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बस दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् भने अन्य यात्रुहरू सामान्य घाइते भएका छन्। गम्भीर घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
बस अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाको थप कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।