३ जेष्ठ २०८२, शनिबार

स्याङ्जामा बस र ट्रयाक्टर ठोक्किँदा एक जना घाइते

प्रकाशित मिति :  27 April, 2025 6:56 pm


काठमाडाैँ । स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नम्बर ४ छ्याङछ्याङ्दीस्थित सिद्धार्थ राजमार्गमा यात्रुवाहक बस र ट्रयाक्टर ठोक्किँदा एक जना घाइते भएका छन्।

पोखराबाट बुटवलतर्फ गइरहेको लु १ ख ७२३७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ग १ त ५८९६ नम्बरको ट्रयाक्टर एक आपसमा ठोक्किँदा ट्रयाक्टरका सह-चालक ३१ वर्षीय विष्णु चेपाङ घाइते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ। घाइते चेपाङ चितवन जिल्ला, इच्छाकामना गाउँपालिका वडा नम्बर १ का बासिन्दा हुन्।

प्राथमिक उपचारका लागि वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। हाल उनको उपचार भइरहेको छ।

यात्रुवाहक बस, ट्रयाक्टर तथा दुवै सवारीका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !