३१ बैशाख २०८२, बुधबार

शिक्षा विधेयकबारे सांसद थापाले माग गरे शिक्षामन्त्रीको धारणा

प्रकाशित मिति :  28 April, 2025 2:29 pm


काठमाडाैँ । नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले शिक्षा विधेयकबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको जवाफ माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै शिक्षा विधेयकमा शिक्षामन्त्री पन्तको धारणा माग गरेका हुन् । उनले संसद र देशलाई शिक्षा विधेयक यही अधिवेशनबाट टुंग्याउन तत्पर छौं भन्ने कुरा शिक्षामन्त्रीले जानकारी दिनुपर्ने बताए।  

उनले शिक्षकको आईतवारको आन्दोलनमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रसेवकमाथि यस्तो व्यवहार गरिनु उचित नभएको बताए ।

उनले शिक्षकहरूलाई समेत संयमित भएर आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !